शुक्रराज राना/बेलौरी, जेठ १९ । कञ्चनपुरमा बयल गाडामा च्यापिएर तिन वर्षिय बालकको मृत्यु भएको छ ।
जिल्लाको बेलौरी नगरपालिका–५ रामनगरका अमरसिह चौधरीका छोरा रेगनसिह दहित (चौधरी)को मृत्यु भएको हो । आफ्नै घर आगनमा राखिएको बयल गाडामा खेल्ने क्रममा बयल गाडाको अगाडिको भाग उठ्नगई पछाडीको भागमुनि च्याप्पिएर घाइते भएका बालकको आज निर्सग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस विषयमा ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट आवश्यक अनुसन्धान भईरहेको छ ।






