नरेश राना/कञ्चनपुर जेठ १८ । कञ्चनपुरको लालझाडी गाउँपालिकामा बिहीबार दादुरा रूबेला रोगको नियन्त्रण र निवारणको लागि खोप अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

सो कार्यक्रम लालझाडी गाउँपालिकामा २५ गते देखि सुरु हुने स्वास्थ संयोजक खगेन्द्र चौधरीले जानकारी दिनु भएको थियो। कार्यक्रमलाई स्वास्थ कार्यलय कञ्चनपुर, यूनिसेफ, र नेपाल रेडक्रस सोसाइटी ले लालझाडी गाउँपालिकालाई समन्वय गरी दादुरा रुवेला रोगको नियन्त्रण र निवारणको लागि खोप अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने चौधरी ले जानकारी दिनु भएको थियो ।

कार्यक्रममा लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल रानाको सभाध्यक्षमा सो कार्यकम सम्पन्न भएको थियो भने अथिति लालझाडी गाउँपालिकाकी उपाअध्यक्ष सपना चौधरी राना ,६ वाडका वार्ड अध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी दत्त भट्ट,स्वास्थ कार्यलय कञ्चनपुरका जनक कुँवर,त्यसै गरी नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरका लक्ष्मण निरौला , उपस्थित रहेको कार्यक्रममा UNICFF का अशोक जोशी,ले सो कार्यक्रम लाई प्रशिक्षण गर्नु भएको थियो। प्रशिक्षणमा दादुरा रुबेला रोगको बारेमा प्रशिक्षण गराउनु भएको थियो ।

कार्यक्रममा सभाध्यक्षले यस पालिका मा रहेका प्रतेक वार्ड बाट सम्बन्धित वार्ड अध्यक्ष ,सम्बन्धित शाखा ,विद्यालय ,सबै प्रतिनिधि हरु मिली यस खोप को अभियानलाई सफल पार्न पालिका बाट हुने सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। कार्यक्रममा विद्यालय प्रधानाध्यापक , विषयगत शाखा प्रमुख ,विद्यालय नर्श, पत्रकार हरु को सहभागिता रहेको थियो भने कार्यक्रम लाई स्वस्थ संयोजक खगेन्द्र चौधरी ले सञ्चालन गर्नु भएको थियो ।