दिनेश राना/कैलाली, १३ जेठ । कञ्चनपुरकाे लालझाडी गाउँपालिकाले निःशुल्क सिकलसेल एनेमिया ताथ थालासेमिया राेगकाे खाेजपड्ताल तथा जाँच स्क्रिनिङ शिविर सम्पन्न भएको छ ।

लालझाडी गाउँपालिका द्वारा सिकलसेल तथा थालासेमिया राेगकाे खाेजपड्ताल तथा जाँच शिबिर संचालन शिविरमा ४९० जनाको स्क्रिनिङ टेष्ट (Sickling & Solubility test) गरिएको थियो भने ५५ जना शंकास्पद व्यक्तिहरुको कन्फर्मेट्रि टेष्ट (Electrophoresis & CBC test) जांचका लागि रक्त नमुना (Blood sample) संकलन गरि धनगढी उमहानगरपालिकाको डाइग्नोस्टिक सेन्टरमा पठाइएको लालझाडी गाउपालिका स्वस्थ्य शाखाले जनाएको छ ।

उक्त शिबिर लालझाडी गाउँपालिकाको वडा नं. ४ मा रहेकाे बैजनाथ माध्यमिक विद्यालयमा संचालन भएको थियो ।