दिनेश राना/कैलाली, ११ जेठ । कञ्चनपुरकाे लालझाडी गाउँपालिकाले निःशुल्क सिकलसेल एनेमिया ताथ थालासेमिया राेगकाे खाेजपड्ताल तथा जाँच गराउन गैरहेकाे छ ।

लालझाडी गाउँपालिका द्वारा सिकलसेल तथा थालासेमिया राेगकाे खाेजपड्ताल तथा जाँच शिबिर संचालन हुने भएकाेले सम्पुर्ण थारू ( राना थारू, चाैधरी थारू ) महानुभावहरूमा निःशुल्क सिकलसेल एनेमिया ताथ थालासेमिया राेगकाे खाेजपड्ताल तथा जाँच गराउन हुन लालझाडी गाउँपालिकाले हार्दिक अनुराेध गरेकाे छ ।

शिविर याही मिति २०८० जेठ १३ गते बिहान १० बजे देखि ०५ सम्मा लालझाडी गाउँपालिकाकाे वडा नं. ४ मा रहेकाे बैजनाथ माध्यमिक विद्यालयमा संचालन हुने गाउपालिका स्वस्थ्य शाखाले जानकारी गराएकाे छ ।