नरेश राना/कञ्चनपुर, ०९ जेठ । पुनर्वासमा जंगली हात्ती दिउसै देखा परेको छ । पुनर्वास-१० विकास बस्ती दोदा पुल नजिकै मंगलबार दिउसो हात्ती देखा परेको हो ।
हात्तीको आक्रमणमा केही पशुवस्तु घाइते भएका छन्। एउटा गोरु र भैसी घाइते भएको यादवले बताए। हात्ती उखुको खेत हुदै दुधवा नेसनल पार्कतर्फ लागेको कुण्डा सब डिभिजन वन कार्यालयका प्रमुख दिनेश यादवले जानकारी दिए।
उनका अनुसार वन कर्मचारीहरु उक्त जंगली हात्तीबाट मानवीय क्षति हुन नदिन सर्बसाधारणलाई सचेत गराइरहेका छन्।






