शुक्रराज राना/बेलौरी, ३१ बैशाख । कञ्चनपुरको बेलौरी नगरपालिकामा नेपाल आदिवासी जनजाती महासंघले चौथो नगर अधिवेशन सम्पन्न गरेको छ ।

कार्यक्रमलाई उद्घाटन गर्दै प्रमुख अतिथि बेलौरी नगरपालिका का नगर प्रमुख पोति लाल चौधरी ले भने “बेलौरी नगरपालिकामा रहेका सबै जनजातिमा पर्ने सबै जातका एक-आपसमा समझदारीका साथ अघि बढ्दा हामी आदिवासी जनजातिहरुको लागि हितमा हुनेछ।”

उक्त कार्यक्रमका विशिष्ठ अतिथि बेलौरी नगरपालिका का नगर उप-प्रमुख जोगराम चौधरी र चित्रा कुमारी चौधरी रहनु भएको थियो, भने अतिथिमा बेलौरी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष लालबहादुर चौधरी रहनु भएका थिए।
कार्यक्रम झक बहादुर श्रीस मगरको सभापतित्वमा भएको थियो। कार्यक्रम सम्पन्न गर्न आदिवासी जनजाति महासंघ बेलौरी का पुर्व कोषाध्यक्ष शिवराज राना र तुलसी श्रेष्ठले सहजीकरण गर्नुभएको थियो भने कार्यक्रम टेकराज रानाले सञ्चालन गरेका थिए ।
नयाँ कार्यसमितिमा चयन
अध्यक्ष: कृष्ण चौधरी
वरिष्ठ उपाध्यक्ष: दुर्गा श्रेष्ठ
मिहिला उपाध्यक्ष: लक्ष्मी चौधरी
उपाध्यक्ष: शोभा गुरुङ
मुख्य सचिव: शुक्रराज राना
सचिव: बिनिता मगर
कोषाअध्यक्ष: रोशन थापा
सदस्य: विमल राना, अर्जुन श्रेष्ठ, अमर बहादुर राई लगायत ११ जना सदस्यीयको समिति भएको छ






