धनगढी, २४ बैशाख । कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–८ का ४५ वर्षीय अनिल डगौराको रुखबाट खसेको हाँगा टाउकोमा लागेर मृत्यु भएको हो। सामुदायिक वनमा दाउरा खोज्न गएका डगौराको मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय बैजनाथ सामुदायिक वनमा दाउरा खोज्न गएका डगौरालाई रूखको हाँगा खसेर टाउकोमा चोट लागेको थियो।

उपचारका क्रममा महाकाली प्रादेशिक अस्पताल पु¥याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए। घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

घटनापछि इलाका प्रहरी कार्यालय झलारीका प्रमुख सूर्यबहादुर शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। शव महाकाली अस्पतालमा राखिएको छ।