नरेश राना/कञ्चनपुर, बैशाख २३ । कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ मा रहेको नवज्योति कृषि सहकारी संस्थाको सभा हलमा रानाथारु कलाकार मञ्चको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी कृष्णपुर नगरपालिकाकी नगर उप-प्रमुख द्रोपती राना रहनु भएको थियो । उक्त कार्यक्रम विच उनले भनिन् रानाथारु कलाकार मञ्चलाई मेरो व्यक्तिगत वा हाम्रो नगरपालिका बाट हुने सम्पूर्ण सहयोग मा गर्ने छु भन्दै प्रतिब्दता गरेकी छिन् ।

उक्त कार्यक्रमका विशिष्ट अतिथी RACC-DF का अध्यक्ष नारायण राना, नेपाल रानाथारु समाजका किन्द्रिय सचिव भक्तराज राना, नेपाल रानाथारु समाज कैलाली जिल्लाका अध्यक्ष लाल बहादुर राना रहनु भएको थियो, भने अतिथिमा नवज्योति कृषि सहकारी संस्थाका अध्यक्ष सिताराम राना, RACC-DF का सचीव भानु प्रताप राना, गायक राम देव राना, नेपाल रानाथारु समाज कैलालीका उपाध्यक्ष पृथ्वी राना र कलाकारहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

नयाँ कार्यसमितिका अध्यक्षमा श्याम कुमार राना चयन भएका छन् भने उपाध्यक्षमा दशरथ राना, सचिव: राम प्रसाद राना, कोषाध्यक्ष: सरस्वती राना त्यसै गरी सदस्यमा नरेश राना, पार्वती राना, फुला राना, शिवराज राना, ओम प्रकाश राना, अमर सिंह राना, महामती राना ।