नरेश राना/कञ्चनपुर २३ वैशाख ।
कञ्चनपुरको लालझाडी गाउँपालिकामा नागरिकसँग गाउँपालिका अध्यक्ष स्वास्थ्य विशेष कार्यक्रम घर दैलोमा सुरु भएको स्वास्थ संयोजक खगेन्द्र चौधरीले जानकारी दिनुभएको छ। घर दैलोमा गुणस्तरिय स्वस्थ सेवा निरोगी गाउँपालिकामा हाम्रो टेवा भन्ने मूल नारा साथ लालझाडी गाउँपालिकामा नागरिकसँग घर दैलोमा गई स्वस्थलाई मध्यनजर गरी यो कार्यक्रम लागू गरिएको लालझाडी गाउँपालिकाले जनाएको छ ।


नागरिकको घर दैलोमा गई स्वस्थ सेवा निरोगी गाउँपालिकामा स्वस्थ सेवा सहज तरिकाले पुर्याउने उद्यस्यका साथ उच्च रक्तचाप, मधुमेह, मिर्गौला पीडित, कोबिट, दीर्घ रोगी लगायतका रोगहरू खोज पताल गरी जानकारी लिने र उपचार योजना बनाउने स्वास्थ संयोजक चौधरीले बताउनु भएको छ। घर दैलो कार्यक्रम प्रतेक वार्डमा गई स्वास्थ सेवा दिने र आगामी दिनको योजनाका साथसाथै वर्तमानको अवस्थाकाे बारेमा स्वस्थ अवस्था बुझी उपचारको योजना बनाउनेचौधरीले बताउनु भएको छ।