हिमोद राना/पुनर्वास, १५ बैशाख । कञ्चनपुको पुनर्वास नगरपलीकामा श्रीमद् भागवत धार्मिक सप्ताह हुने भएको छ । पुनर्वास नगरपलीका वडा नं. २ स्थित अमरैया गाउंको श्री वैजनाथ मन्दिरमा उक्त सप्ताह हुने भएको छ ।

भागवत सप्ताह श्री बैजनाथ मन्दिर व्यवस्थापन समितिको आयोजनामा गरियो छ, भने प्रमुख कथा वाचक श्री मिहि लाल शास्त्री रहने उक्त समितिका अध्यक्ष बहाली रानाले जानकारी दिनु भएको छ ।

श्रीमद् भागवत धार्मिक सप्ताह यही बैशाख २५ गते सोमबार देखि सुरु हुने भएको छ । बिहान ८ बजे कलस शुभ यात्रा हुने छ भने सप्ताह ११ बजे उद्दघाटन गरिने छ भनेर स्थानीय युवा विनोद रानाले जनाएका छन् ।