कृष्णपुर,२४ फागुन ।
रानाथारु भाषाको होरी गित संग्रह किताको विमोचन भएको छ । कञ्चनपुरको कृष्णपुर नगर पालिका वडा नं. ३ बस्ने कलाकार एवं लेखक गुलाबी राना द्वारा संकलित े “होरी गित संग्रह” किताबको विमोचन भएको छ । बुधबारका दिन एक कार्यक्रमका विच कृष्णपुर नगर प्रमुख हेमराज ओझाले उक्त किताबको विमोचन गर्नु भएको हो ।

रानाथारु सामुदायको भाषा संस्कृति संरक्ष तथा संद्घन गर्नका लागि यो किताबले महत्वपुर्ण भुमिका खेल्ने छ, र रानाथारु यहाँका मुलआदिबासी हुन, यो समुदायको विकासकालागि के गर्नु पर्छ हामी तयार छौ , कृष्णपुर नगर पालिकाले थारु र रानाथारुका भलमन्सा प्रथालाई अगाडि बढाउनका लागि हामीले भलमन्सा ऐन ल्याएको बताए नगर प्रमुख ओझा
सोहि कार्यक्रमका विश्ष्टि अतिथि कृष्णपुर नगर पालिकाकी उपप्रमुख द्रोपति राना रहनु भएको थियो । वहाँले होरी गित संग्रह नामक किताब रानाथारु भाषामा प्रकाशित भएको र मैले विमोचन गर्न पाउदा म अतिनै हर्षत भएकी बताइन ।,


अर्का विशिष्ट अतिथी नेपाल रानाथारु समाजका केन्द्रिय उपध्यक्ष कमल सिंह राना रहनु भएको थियो । वहाँले आँगनबारी मिडिया प्रा.लि.द्वारा प्रकाशित किताब रानाथारु सामुदयको धरोहरको रुपमा रहेको बताए ।
कार्यक्रमको शुभकामना दिनुहुने अतिथीहरुमा कृष्णपुर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष खेमराज चौधरी, पुर्व गा.वि.स. अध्यक्ष तनुकलाल चौधरी, नागरिक उन्मुक्ति पार्टिका जिल्ला सदस्य पल्टु राना, सिद्घनाथ सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष राम बहादुर राना, खानेपानीका अध्यक्ष भजना राना, रानाथारु लेखक समाजका उपाध्यक्ष महाविर राना, लक्ष्मी रानालगायतले शुभकामना व्यक्त गरेका थिए


आँगनबारी मिडिया प्र.लि तथा रानाथारु लेखक समाजका अध्यक्ष नन्दलाल रानाले कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो । रानाथारु भाषाको होरी गित संग्रह किताबको संकलन तथा लेखनमा गुलाबी रानाले सहयोग गर्नुभएको थियो भने यस किताको छपाईमा लाग्ने आर्थिक सपोर्ट कृष्णपुर नगर पालिकाले गरेको बताए ।
कार्यक्रम देखत भुलि गाउका भलमन्सा विरखराज रानाकाे सभापतित्वमा भएकाे थियाे भने संचालन रानाथारु लेखक समाजका सदस्य तथा राष्ट्रिय अधारभुत बहुभाषिक विद्यालयका प्र.अ. लक्षविर रानाले गरेका थिए । कार्यक्रममा गाउका स्थानिय बुद्घिजीवि समाजसेबीहरुको उपस्थिती रहेको थियो ।