वडा अध्यक्षको निधनमा राज्यमन्त्री रैका द्घारा दुख ब्यक्त, ओढाए पार्टीको झण्डा

२०७९ मंसिर १५, बिहीबार २०:२१
वडा अध्यक्षको निधनमा राज्यमन्त्री रैका द्घारा दुख ब्यक्त, ओढाए पार्टीको झण्डा

धनगढी,१५ मंसिर २०७९ । नेपाली काग्रेसका महासमिति सदस्य एंव सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास राज्यमन्त्री माननीय श्री टेक बहादुर रैका ज्यू ले डोटी,पुर्विचौकी गाउपालिका वडा न. ६ गाजरीका वडा अध्यक्ष एंव नेपाली काग्रेसका वडा सभापति स्व.पुष्पराज जोशी को पार्थिब शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उक्त अवसरमा राज्यमन्त्री रैका ले वडा अध्यक्ष जोशीको निधनमा दुख ब्यक्त गर्दे पार्टीलाई ठूलो क्षेती पुगेको बिचार व्यक्त गर्नुभयो । वडा अध्यक्ष जोशीको हृदयघातका कारण ६५ बर्षको उमेरमा डोटी गाँजरीमा आकस्मिक निधन भएको थियोे ।