कैलाली,२८ कातिक । नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालय टीकापुरमा आइतबार राती ढुंगामुढा गर्दै तोडफोड गरिएको छ ।
पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीका अनुसार राती साढे १२ बजे अपरिचित समूहले ढुंगामुढा गरेको थियो ।
रन्जिताको बसाइँ पनि पार्टी कार्यालयमै थियो । ढुंगामुढा गर्ने समूह भित्र भने छिरेन, नभए दोहोरो भीडन्त हुने सम्भावना थियो । राती नै प्रहरी प्रशासनलाई खबर गरिए पनि प्रहरीको फोन नउठेको अध्यक्ष चौधरीको भनाइ छ । पार्टीले पत्रकार सम्मेलन गरेर ढुंगामुढाको घोर भ्रत्र्सना गर्ने जनाएको छ ।