धनगढी,२६ कातिक। नेकपा एमालेका पोलिट्ब्युरो सदस्य नारदमुनी रानाले बर्तमान गठबन्धन सरकारको आयु मंसिर ४ गतेसम्म मात्रै रहेको बताएका छन् ।नेकपा एमालेका पोलिट्ब्युरो सदस्य नारदमुनी रानाले बर्तमान गठबन्धन सरकारको आयु मंसिर ४ गतेसम्म मात्रै रहेको बताएका छन् । कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधीसभा सदस्यका उमेदवार समेत रहेका रानाले देशैभरी एमालेको लहर चलेका कारण गठबन्धन सरकारको आयु धेरै नभएको बताएका हुन् । कैलाली क्षेत्र नम्बर ५ अन्तरगतका बिभिन्न टोल भेलाहरुलाई सम्बोधन गर्दै रानाले ५ दलिय गठबन्धनले एमालेलाई कुनै अशर नपरेको दावी गरेका हुन् ।
गठबन्धनका नेताहरुले गठबन्धन गरे तर एमालेले जनतासंग गठबन्धन गरेकै कारण यो सरकारको आयु मंसिर ४ सम्म मात्रै छ रानाले भने “देशको पक्षमा उभिने, जनताको पक्षमा उभिने एक मात्रै पार्टी एमाले भएका कारण देश जोगाउनका लागीपनि जनताहरुले एमाले रोज्ने छन्, यो हामी गाउँ घरमा आउँदा प्रस्ट देखिएको छ ।” परमादेशी गठबन्धन सरकार देशमा आएपछि अदालत सेटिङमा चलेको छ, उनले भने “जनताका योजना नभई अथए मन्त्रालयले बिचौलिया मार्फत कमिशन खाएर योजना बनाउँछ, महंगीले जनताको ढाड सेकिएको छ, किसानले मल पाएका छैनन, धानको मुल्य पाएका छैनन, बैकंबाट श्रृण लिन पाएका छैनन् अनी यही गठबन्धनले जिते देश रहन्छ भन्न सकिन्छ ?”
गठबन्धनका नेताहरु प्रधानमन्त्री बनाइदिनुस तपाइका नागरिकलाई नागरिकता दिन्छौँ भनेर भारत गएर फर्केका छन् उनले भने “शेर बहादूर देउवा पत्नी आरजु राणा देउवा र प्रचण्ड भारतमा गएर नागरिकता दिने र आफुलाई प्रधानमन्त्री बनाउन सम्झौता गरेर आएका छन्, अनी प्रधानमन्त्री पदसंग नागरिकता बेच्ने यो गठबन्धनलाई तपाइहरुले मत दिने ?” अहिले त देशभक्त राष्ट्रपति भएका कारण नागरिकता बेचिनबाट रोकियो फेरी गठबन्धनकै सरकार बन्ने हो भने सबै बिदेशीले नेपाली नागरिकता पाउँदैनन भन्न सकिदैन रानाले भने “हामीलाइपो देशको चिन्ता छ, नागरिकता संग प्रधानमन्त्री पद साँट्ने गठबन्धनका नेताहरुलाई पद भए पुग्यो, जनता मरुन या बाँचुन, त्यस कारण जनताका समस्या समाधान गर्न, देश बनाउन एमाले रोज्नुको बिकल्प छैन ।”
नेकपा एमालेका अध्यक्ष केपी सर्मा ओली अध्यक्ष हुँदा कति काम भए छर्लगं छ उनले भने “हाम्रो अध्यक्षलाई अदालतको सेटिङबाट हटाइएपछि देशको स्थिती के छ सबैलाई थाहा छ, एउटा जनपक्षिय काम यो सरकारले गर्न सकेको छैन, हुँदा हुँदा भुमिहिन, सकुम्बासी, दलितलाई जग्गाधनी पुर्जा दिन एमालेले बनाएको भुमी आयोग समेत गठबन्धन सरकारले खारेज गरिदियो, त्यो आयोग खारेज नभएको भए अहिलेसम्म सबै भुमिहिनले जग्गाधनी पुर्जा पाइसक्थे ।”
नाकाबन्दीका बेला यो नाकाबन्दी हो भनेर समेत भन्न नसक्ने काग्रेंस माओवादीका नेताहरुका अगाडी हाम्रा अध्यक्ष प्रधानमन्त्री हुँदा अडिक भएर अडान लिनुभयो र भारतले नाकाबन्दी खोल्यो रानाले भने “त्यती मात्रै होइन भारतले अतिक्रमण गरेको नेपालको भुमी लिपुलेक, लिम्पियाधुरा समेटिएको नक्सा प्रकाशित गरेर इतिहाँसमा नाम लेखाउन सफल हामै्र अध्यक्ष केपी सर्मा ओली हुन्, देशभरी ४ हजार किलोमिटर सडक कालोपत्रे, बिभिन्न बिमानस्थल निर्माण, हरेक पालिकामा अस्पताल, रेलमार्गको डिपिआर, शुरुङ मार्ग लगायतका थुप्रै काम एमालेले देखाइरहँदा गठबन्धनले एउटा मात्रै राम्रो काम देखाओस म च्यालेन्ज गर्छु ।”
सघन सहरी कार्यक्रम लागु गरेर तराइका सडक चौडा र पिच गर्ने कामको शुरुवात गर्ने केपी सर्मा ओलीकै कारण मेरो क्षेत्रमा सघन सहरीका बाटाहरु कालोपत्रे हुँदैछन्, हुँलाकी सडक निर्माणको चरणमा छ, सिटि हल, बिद्यालयहरुमा स्मार्ट ल्याव, सामुदायिक भवन, संह्रालय लगायतका अन्य स साना काम मेरै क्षेत्रमा म निर्वाचित भएपछिनै भएका छन्, तपाइहरुले प्रत्यक्ष हेर्न सक्नुहुन्छ ।” म निर्वाचित हुनुअघी शेर बहादूर देउवापनि यस क्षेत्रबाट निर्वाचित हुनुभएको हो उनले भने “अनी अहिले स्वतन्त्र बनेका पुस्करनाथ ओझालेपनि जित्नुभएको हो खै त उहाँको कार्यकालमा काम भएको मेरै कार्यकालमा भए नी जनतालाई देखाउने गरी काम, अनी आफु काम नगर्ने अरुले गरेकोपनि नदेख्ने यो परिपाटी साथीहरुले त्याग्नुपर्छ ।”
देश बिकास गर्ने एक मात्रै पार्टी एमाले हो भनेर जनताले थाहा पाइसकेका छन् रानाले भने “अब नेपाली भनेर गर्भ गर्न लायक बनाउने र देशलाई सम्बृद्ध बनाउने एमालेलेनै हो त्यस कारण मंसिर ४ पछि एमाले नेतृत्वमा सरकार बन्नुपर्छ त्यसका लागी जनताले एक ढिक्का भएर एमाले रोज्नुपर्छ ।”