नरेश राना/कञ्चनपुर, कार्तिक १२ । कञ्चनपुरको लालझाडी गाँउपालिका ६ चाँन्देवमा बाम लोकतान्त्रिक गठबन्धनले सम्पर्क कार्यालय उद्घाटन गरेको छ । शनिबार निर्वाचन क्षेत्र १(क) अन्र्तरगत पर्ने लालझाडी गाँउपालिका ६ चाँन्देवमा पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य उम्मेदवार बिना मगरद्धारा गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो ।
बाम लोकतान्त्रिक गठबन्धनले चुनाव प्रचारप्रसारका लागि लालझाडीमा पनि सम्पर्क कार्यालय खोलिएको माओवादी नेता भक्ता रानाले जानकारी दिए ।
बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र १ प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगर र १(ख) प्रदेश सभा सदस्यका उम्मेदवार बन्धु रानाले चुनाव प्रचार प्रसारका लागि संयुक्त वडा कार्यालय उद्घाटन गर्दै जनताको हितमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
लालझाडी गाँउपालिकामा समेत बाम लोकतान्त्रिक गठबन्धनले निरन्तर वडा कार्यालय उद्घाटन देखि चुनावी कार्यक्रम जारी राखेको छ । भने लालझाडीकाे बल्मीमा पनि स्थानीय संग भेटघाट गर्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार मगर द्धारा सम्पर्क कार्यालयकाे उद्घाटन गरिएको जनाइएको छ ।
भेटघाटका क्रममा स्थानीयले बाम लाेकतान्त्रिक गठबन्धनलाई बहुमतले विजयी गराउन एकजुट भएर लाग्ने प्रतिबद्धता जाहेर गरेका छन् । उक्त कार्यक्रममा गठबन्धनका नेता एवम् कार्यकर्ताहरुकाे सहभागीता उल्लेखनीय रहेको थियो ।