दिनेश राना /बेलाैरी,२६ असाेज ।
छोटो समयमै चर्चा कमाएको रेशम चौधरी संरक्षकत्वको नागरिक उन्मुक्ति पार्टीले कञ्चनपुर क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यतर्फ नन्दकुमार रानाले उम्मेदवारी दर्ता गराएका हुन् । वहाँ उक्त पार्टिवाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारका लागि राना एकल सिफारिसमा परेका हुन । २०७४ को स्थानिय तहको निर्वाचनमा नेता रानाले बेलौरी नगर पालिका वडा नं. ८ बाट वडा अध्यक्षमा बिजय भएका थिए भने २०७८ सालको स्थानिय तहको निर्वाचनमा समाजबादी पार्टिबाट उपप्रमुखमा चुनाव लडेका थिए । त्यतिबेला गठवन्धनले मलाई धोका दिएको हो बताए राना । कञ्चनपुर क्षेत्र नं. १ मा २ वटा नगर पालिका ( बेलाैरी र पुनर्वास नगरपालिका) र २ वटा गाउपालिका ( लालझाडी र बेल्डाँडी गाउपालिका ) रहेको छ ति चारै पालिकामा थारु बहुल क्षेत्र रहेकोले आफ्नो जित सुनिश्चित रहेको बताउछन राना ।

योसँगै नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभातर्फ (क) मा पल्टु राना र (ख) मा काली चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।
सोहि क्षेत्रबाट आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा माओवादीका नेता बिना मगर, कांग्रेस, माओवादी, समाजवादी, जनमोर्चाका तर्फबाट साझा उम्मेदवार बनेकी हुन् ।
उक्त निर्वाचन क्षेत्रमा तारा लामा तामाङ र बिनाका प्रतिस्पर्धी नागरिक उन्मुक्तिका राना बन्ने भएका छन् । तामाङ एमालेबाट टिकट पाएका छन् । गत वर्ष एमाले फुट्दा उता समाजवादीमा गएर आर्थिक मामिलामन्त्रीको जिम्मेबारी पाएका तामाङ उतामन्त्रीबाट हटाएपछि समाजवादीसंग असन्तुष्ट हुुँदै पुन गत १५ भदौँमा एमालेमा प्रवेस भएका हुन् ।
०७४ मा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा माओवादी केन्द्र र एमालेविच बाम गठबन्धन भएका बेला बिना मगर संघ र तारालामा तामाङ प्रदेश तर्फ निर्वाचित भएका थिए ।