दिनेश राना /कञ्चनपुर १ सावन ।
रानाथारु सामुदायमा तिजको रौनक, गाउ गाउमा सामनको डोला ( पिङ्ग) हाल्नेको होडबाजी देखिएको छ । आज शुक्ला फाँटा नगर पालिका वडा नं. ४ अशैना गाउमा सामनको डोला (पिङ्ग)को उदघाटन प्रदेश साँसद मननिय श्यामलाल रानाले गर्नु भएको छ । वहाँ कार्यक्रमको प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रमको शुभकामना दिदै वहाँले भन्नु भयो “रानाथारु दिदीबहिनिहरुले मनाउने तिज पर्व लोपहुने आवस्थामा पुगेको र यसलाई संरक्षण तथा समवद्घन राज्यले गर्दिनु पर्ने बताए ।”

त्यसैगरी कार्यक्रमका विष्टअतिथी शुक्लाफाँटा नगर पालिका वडा नं. ४ का वडाअध्यक्ष कमल ठकुल्ला रहनु भएको थियो । वहाँले सामनको डोला (पिङ्ग)को लागि चाहिने डोरी खरिदमा लाग्ने रकम वडा कार्यालयबाट व्यहोर्ने प्रतिवद्घता दिनुभयो । त्यसैगरी शुभकामना मन्तव्य दिदै राष्ट्रिवादी युवा संघ राष्ट्रिय अध्यक्ष अनिल रानाले भने मनमा जे छ त्यही कुरा भन्नु पर्ने र भनेको कुरा गर्दिनु पर्ने , चारसौ विस गर्ने नेता वा व्यक्तिहरुलाई कार्यक्रमबाट बहिसकार गर्नु पर्दछ । मुख अगाडि हुदा राम्रो भन्ने अलिक पर जाँदा कुरा चवाउने जो कोहि होस त्यसतालाई बहिसकार गर्नु पर्ने बताए राष्ट्रिय अध्यक्ष रानाले ।

त्यसै गरि तिजको शुभकामना दिन नेपाली काँग्रेसका जिल्ला सदस्य शौला राना, नेपाली कांग्रेसका वडा सभापति सुग्रिव राना, समाजवादी पाटिका प्रतिनिधि मिट्ठु राना,नेपाल रानाथारु समाजका नगर अध्यक्ष रामसाहे राना, स्थानिय समाजसेवी फकिरा राना,विक्रम राना लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम सस्थाका अध्यक्ष धनवहादुर रानाकाे सभापतित्वमा भएकाे थयाे भने स्वागत मन्तव्य पवित्रा रानाले गर्नु भएको थियो भने संचालन जगन्नाथ रानाले गर्नु भएको थियो । रानाथारु सामुदायमा महिलाहरुले मनाउने तिज पर्व सामनको कृष्ण पक्षबाट शुरु भएर शुक्लपक्षको तृतिय तिथीको दिनमा महिला हरुले निरहार वर्त बसेर समापन हुने गर्दछ । रानाथारु सामुदायमा यो पर्व दोस्रो ठुलो पर्वको रुपमा मनाउने गर्दछन । यो पर्वमा दिदीवहिनीहरुले भगवान संग आफ्ना भाइ र भतिजाहरुको लामो आयुको वरदान माग्ने गर्दछन ।







