किसानलाई साना सिचाई तथा स्यालो टयूवेल वितरण

२०७९ जेष्ठ २९, आईतवार १७:५९
किसानलाई साना सिचाई तथा स्यालो टयूवेल वितरण

हसुलिया, २९ जेठ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्र्तगत किसानलाई साना सिचाई तथा स्यालो टयूवेल वितरण गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको सहयोगमा वनदेवी कृषि सहकारी संस्था लिमिटेड हसुलिया ६५ प्रतिशत अनुदान किसानलाई साना सिचाई तथा स्यालो टयूवेल वितरण गरिएको हो । उक्त साना सिचाई तथा स्यालो टयूवेल वितरण कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी र सहकारीका अध्यक्ष इच्छा चौधरीले हस्तान्तरण गरेका थिए । पाँच जनालाई पम्पसेट इन्जिन र पाँच जनालाई पानी मोटर हस्तान्तरण गरिएको थियो ।