सामाजिक राज्यमन्त्री रैकालाई डोटीमा सम्ममन अभिनन्दन

२०७९ जेष्ठ २८, शनिबार २०:२९
सामाजिक राज्यमन्त्री रैकालाई डोटीमा सम्ममन अभिनन्दन

धनगढी २८ जेठ । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैका लाई गृह जिल्ला जन्मस्थान डोटीमा भब्य स्वागत एंव अभिनन्दन गरिएको छ ।

दलित एंव पछाडि पारिएको बर्ग समुदायको नेतृत्व गर्दे डोटीबाट राज्यको नीति निमार्ण उच्च तहमा दलित समुदाय बाट पुग्न सफल भएको भन्दै डोटीका जनप्रतिनिधि एंव स्थानीयबासीहरुले राज्यमन्त्री रैकालाई बधाई सहित सम्मान अभिनन्दन गरेका हुन ।

राज्यमन्त्री रैकालाई शिखर नगरपालिका निबर्तमान प्रमुख सिताराम जोशी,वडा नं ३ का वडा अध्यक्ष दिपक बोगटी,कार्यपालिका सदस्य राम बिक लगायतको टिमले स्वागत एंव अभिनन्दन गरेको थियो । कार्यक्रममा राज्यमन्त्री रैकाले अाफूले शिक्षा,स्वास्थ, बिकास निर्माण एंव सामाजिक सशक्तीकरण,

समानताको क्षेत्रमा अाफूले बिशेेष जोड दिने बताउनु यस क्रममा राज्यमन्त्री रैकाले स्थानियबासी,जनप्रतिनिधिहरुसंग स्थानीय समस्या,सवाल,र विकास निमार्ण सम्बन्धि छलफल र अन्तरक्रिया समेत गर्नुभएको थियोे ।