धनगढी, जेठ ०६ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेक वहादुर रैकाले बादी समुदायको अधिकारका लागि विशेष कार्यक्रम ल्याउने बताउनु भएको छ । बादी समुदाय सहयोग नेपालको आयोजनामा लम्की चुहा नगरपालिका वडा नं ३ स्थित बल्चौर बादी बस्तीमा आयोजित बादी समुदायको सवाल र अधिकार सम्वन्धि अन्तक्रिया कार्यक्रमलाई संवोधन गर्नुहुदै राज्यमन्त्री रैकाले उक्त कुरा बताउनु भएका हो ।
दलित विपन्न बादी समुदायले भोग्दै आएको समस्या र पिडाको वारेमा आफू जानकार रहेको बताउदै आफूले बादी समुदायको शिक्षा स्वास्थ्य रोजगारीको सवाललाई लिएर प्रदेश सरकार मार्फत विशेष कार्यक्रम ल्याउने बताउनुभयो । कार्यक्रममा राष्टिय दलित आयोगका पूर्व सदस्य रमा वादी, बादी समुदायका अगुवा नन्दराम बादी,पत्रकार रमेश बादी लगायतकाले बादी समुदायलाई हाल पनि गास बास कपास र शिक्षा स्वास्थ्य र रोजागारीको निर्कै समस्या रहेको बताउनुभयो । कार्यक्रममा नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधी लक्ष्मण शाही लगायतकाले मन्तव्य राखेका थिए । कार्यक्रम बादी समुदायकी अगुवा पार्वती वादीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

