बिपतपुरका आगलागी पिडितलाई प्रदेश आवास योजना मार्फत उचित ब्यवस्थापन गर्न विशेष पहल गर्छु : राज्यमन्त्री रैका

२०७९ बैशाख १५, बिहीबार २१:२०
बिपतपुरका आगलागी पिडितलाई प्रदेश आवास योजना मार्फत उचित ब्यवस्थापन गर्न विशेष पहल गर्छु : राज्यमन्त्री रैका

कैलारी,१५ बैशाख २०७९ । बैशाख ११ गते भिषण आगलागी भएको कैलारी गाउँपालिका वडा नं ७ बिपतपुर मुक्तकमैया शिविरमा सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास राज्य मन्त्री टेकबहादुर रैका ज्यू आगलागी क्षेत्रमा पुगी पुनःदोश्रो पटक राहत बितरण गर्नुभएको छ ।

यसक्रममा राज्यमन्त्री रैका ले आगलागीबाट घरवार बिहिन परिवारका महिला एंव किशोरीलाई लक्षित गरी डिगनिटी किड पूर्ण प्याकेज सामाग्रीहरु बितरण गर्नुभएको हो । डिगनिटी किड प्याकेजमा म्याक्सी,चोलो,धोती सारी,पेटीकोट,टर्चलाईट,दाँत माझ्ने ब्रस मन्जन,भित्री बस्त्र,गम्छा,काँईयो,कपडा धुने साबुन,नङकटहर,नुहाउने साबुन,महिनावारी कपडा,

चप्पल,अोड्ने पछ्यौरा,सेनिटाईजर,कपडाको मास्क र झोला गरि १८ वटा प्रकारका सामाग्रीहरु रहेका छन । यसअघि बैशाख १२ गते राज्यमन्त्री रैकाले आगलागी क्षेत्रको स्थलगत अवलोकन गरी आगलागी पिडितलाई खाद्यान्न,स्वास्थ सरसफाइका सामाग्री बितरण गर्नुभएको थियो भने १३ गते कानुन मन्त्री डा.रण बहादुर रावल

र सामाजिक बिकास राज्यमन्त्रीको पहलमा आगलागीबाट पूर्णतया क्षेती भएका अति प्रभावित परिवारलाई प्रदेश सरकारबाट १-५ जनाको परिवारलाई नगद रु १५००० र ५ जना भन्दा बढी परिवारलाई रु २०,००० दरले ४९ जनालाई नगद सहयोग गरिएको थियोे । उक्त अवसरमा आगलागी पिडितसंग कुरा गर्दे सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैका ले आगलागी पिडित परिवारलाई प्रदेश आवास योजना मार्फत उचित व्यवस्थापन गर्नका आफूले विशेष पहल गर्ने बताउनुभएको छ ।