रानाथारु विद्यार्थी समाजले बेसहारा गरीब विद्यार्थीलाई सहयोग

२०७८ चैत्र २९, मंगलवार २२:५७
रानाथारु विद्यार्थी समाजले  बेसहारा गरीब विद्यार्थीलाई सहयोग

कञ्चनपुर, २९ चैत । रानाथारु विद्यार्थी समाज कैलाली कञ्चनपुरले नयाँ वर्ष २०७९ सालको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । साेहि कार्यक्रममा विद्यार्थी समाजले बेसहारा गरीब विद्यार्थीहरूका लागि चन्दा संकलन गरी सहयोग गरेका छन ।

रानाथारु विद्यार्थी समाजका केन्द्रिय अध्यक्ष सुरज रानाकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएकाे थियाे । उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस कंचनपुर जिल्ला उप-सभापति हरीचन्द्र राना , विशिस्ट अतिथि नेपाली कांग्रेस सुदुर पश्चिम् प्रदेश कमिटी सदस्य भुलिया राना , विशिस्ट अतिथि नेपाली कांग्रेस कैलाली जिल्ला प्रदेश क्षेत्र न.५ क का सभापति तथा धनगढी उप-महानगरपालिका वडा न.७ का वडा अध्यक्ष सिताराम राना ,

विशिस्ट अतिथि नेपाली कांग्रेस कंचनपुर जिल्ला प्रदेश क्षेत्र न.१ क का उप- सभापति जगदीश राना , विशिस्ट अतिथि धनगढी १० न.वडाका वडा अध्यक्ष राजेन्द्र राना ,विशिस्ट अतिथि लालझाडी २ न. वडाका वडा अध्यक्ष हेमराज राना ,विशिस्ट अतिथि धनगढी १७ न. वडाका वडा अध्यक्ष माधव राज राना , विशिस्ट अतिथि नेपाली कांग्रेस कंचनपुर जिल्ला सदस्य राधा राना , अतिथि पुनर्वासका शिक्षक निर्मल राना , लगायत पुनर्वास ७ का कर्मचारी अजय राना रहनु भएकाे थियाे ।

कार्यक्रममा रानाथारुका विद्यार्थी कैलाली , कञ्चपुरका ७० जनाभन्दा बढी विद्यार्थिकाे उपस्थिति रहेकाे थियाे । विद्यार्थि समाजले लालझाडी गाउँपालिकाका ९ जना गरीब तथा बेसहारा रानाथारु विद्यार्थीहरू लाइ कपि सहयोग गरेको थियो । सहयोगी हातहरू धनगढी उपमहानगर पालिका ७,१० र १७ न. का वडा अध्यक्ष पुनर्वास ८ र लालझाडी २ न. वडाका वडा अध्यक्षले अार्थिक सहयोग गरेका थिए ।