धनगढी,२९ चैत। जनता समाजवाद पार्टी सुदुरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी पुनः माओबादीमा फर्किएका छन् । उनले आफ्नो फेसबुक मार्फत आजबाट जसपा पार्टिको सम्पुर्ण जिम्मेबारी राजिनामा गरेको घोषण गर्दछु भनेर लेखेका छन् । कैलालीलाई लाल किल्ला बनाई छोड्ने प्रतिबद्धता सहित जसपा सुदुरपश्चिम प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य कृष्ण चौधरी नेकपा(माओवादी केन्द्र) मा प्रवेश गरेको माओवादी नेता रमेश भट्टराईले जानकारी दिए ।साथै जसपाबाट पशुपति चौधरी,गङगा चौधरी,माया नेगिले पार्टी प्रवेश गरेका छन् । माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई आज पार्टीमा स्वागत गरेका छन्।