श्री शिव माध्यमिक जखौर बाबा धार्मिक ज्ञान महायज्ञको सम्पुर्ण तयारी पुरा

२०७८ चैत्र १०, बिहीबार २१:४६
श्री शिव माध्यमिक जखौर बाबा धार्मिक ज्ञान महायज्ञको सम्पुर्ण तयारी पुरा

धनगढी, १० चैत ।

श्री शिव माध्यमिक जखौर बाबा धार्मिक ज्ञान महायज्ञको सम्पुर्ण तयारी पुरा भएको छ । धनगढी उपमहानगर पालिका वडा नं. ७ स्थित श्री शिव माध्यमिक विद्यालयको परिषरमा संचालन हुने धार्मिक ज्ञान महायज्ञ, नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संविधान सभासदस्य डा. आरजु राणा देउवा द्वारा समुदघाटन हुन गई रहेको बताए मुल आयोजक कमिटीका संयोजक भागीराम चौधरीले ।

वहाँले चैत ११ गते विहान झाँकि सहित कलस यात्रा नगर परिक्रमा गर्ने उक्त कलस यात्रामा सम्पुर्ण नगर तथा गाउँ वासीलाई आउनको लागि आवहान गर्नु भएको छ । महायज्ञा चैत १८ गते सम्मा संचालन हुने कुरा बताए संयोजक चौधरीले ।