नरेश राना/ लालझाडी,२८ फागुन ।
रानाथारु कलाकार मंचको अधिवेशन शनिबारको दिन सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष श्याम कुमार रानाको अध्यक्षतामा भएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथी राना कला संस्कृति संरक्षण तथा विकास मञ्चका अध्यक्ष नारायन राना रहनु भएको थियो ।
अधिवेशनबाट श्रीशा रानाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ भने उपाध्यक्ष दशरथ राना, कोषाध्यक्ष संजय दत्त राना, सचिव राम प्रसाद राना, सदस्य –नरेश राना , सरस्वती राना, अमर सिंह राना ,कन्चन राना , पार्वती राना , शिवराज राना र जगदिश राना चयन भएका छन ।