धनगढी,१५ फागुन । नेपाली काग्रेसका नेता एंव सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता , टेक बहादुर रैका नेपाली काग्रेसको केन्द्रीय महासमिति पदमा निर्वाचित हुनुभएको छ । नेपाली काग्रेसको १४ औँ महाधिवेशनबाट नेता रैका केन्द्रीय महासमिति पदमा निर्बिरोध निर्वाचित हुनुभएको हो । नेता रैका नेपाली काग्रेसमा ईमान्दार,पार्टी प्रति प्रतिबद्ध, स्वच्छ छवि र बिशेषत: सुदूरपश्चिममा जनस्तरमा बलियो पकड भएका नेताका रुपमा चिनिन्छन ।