कञ्चनपुरमा छठाव राष्ट्रिय थारु साहित्य सम्मेलन शुरु

२०७८ फाल्गुन १३, शुक्रबार ०६:५१
कञ्चनपुरमा छठाव राष्ट्रिय थारु साहित्य सम्मेलन शुरु

नन्दलाल राना/ कञ्चनपुर,१३ फागुन ।

कञ्चनुरको कृष्णपुर नगर पालिकामा छठाव राष्ट्रिय थारु साहित्य सम्मेलन शुरु भएको छ । “भाषा, संस्कृति ओ इतिहास विकासके लग छठवा राष्ट्रिय थारु साहित्य सम्मेलन ।। संरक्षण समबद्र्घन ओ विकास सदुपयोगके लग कञ्चनपुर सहभागितात्मक मिलन” मुल नाराका साथ सम्मेलन शुरु भएको छ । कार्यक्रममा २२ जिल्लाका थारुहरुको प्रतिनिधित्व रहेको सम्मेलनको समुदघाटन कृष्णपुर नगर पालिकाका नगर प्रमुख कर्ण हमाले गर्नु भएको थियो । सोहि कार्यक्रममा शेखर दहित द्वारा लिखित“ थारु जोधा” विर बहादुर राजवंशी द्वारा लिखित “ जोँजा”, थारु उत्थान मञ्च, वि द्वारा लिखित “लखागिल जर्नल ” र साफी राजवंशी द्वारा लिखित “गोरपास” नामक विभिन्न विधामा लिखित चारओटा किताबको विमोचन गरिएको थियो । कार्यक्रम उदघाटन पछि सभालाई सम्बोधन गर्दै वहाँले भन्नु भयो–


“सुदुरश्मि प्रदेशको सुन्दर कृष्णपुर नगरीमा राष्ट्रिय थारु साहित्य सम्मेलन तपाइहरुले गर्नुभयो यसले कृष्णपुर नगर पालिका आयोजक प्रति अभारी छ । सबै जात जातिका आफनै भाषा,संस्कृति, कला रहेका हुन्छन । सवैका इतिहासहरु रहेका हुन्छन कृष्णपुर नगर पालिकाले ति सबै जातजातिको भाषा,संस्कृतिको जगेर्ना गर्नका लागि पहल गरिरहेको छ । कञ्चनपुरमा थारु सामुदाय संगै रानाथारु समुदाय पनि छ उनीहरुको आप्नो भाषा , संस्कृति रहेको छ उनीहरुको भाषा संस्कृतिलाई संरक्षण गर्दै लैजानु पर्दछ । हामीले आप्ना मौलिक लोक संस्कृतिको जगेर्ना गर्ना सक्यौ भने भविष्यका युवा पिढीको लागि इतिहास बन्ने छ । थारु समाजमा भलमन्सा, बडघर प्रथा रहेको छ कृष्णपुर नगर पालिकाले वहाँहरुको लागि ५लाख बराको अक्षयकोष निर्माण गरिदिएका छौ त्यसको लागि कार्यविधि निर्माण भईरहेको छ” बताउनु भयो नगर प्रमुख हमलले ।


कार्यक्रमका विश्ष्टि अतिथि थारु राष्ट्रिय साहित्य सम्मेलन मूल आयोजक समितिका संयोजक एवं थारु लेखक संघका केन्द्रीय संयोजक  डा कृष्ण सर्वाहरी रहनु भएकाे थियाे वहाँले- राष्ट्रिय थारु साहित्य सम्मेलन हरेर वर्ष आयोजन हुदै आइरहेको छ । हामी सबैले आप्नो ठाउको बारेमा जान्नु पर्दछ । आप्नो गाउको इतिहासको बारेम जानकारी राख्नु पर्दछ । इतिहास विना हामी अधुरो रहन्छौ । थारुको इतिहास पता लगाउनका लागि हामीले आप्नो गाउ, ठाउको इतिहास पतालगाउनु पर्ने बताए । म त के भन्न चाहन्छु भने तपाइहरु आप्नो ठाउको बारेमा खोजविन गरेर हामीलाई उपलब्ध गराउनु होला हामीले त्यसलाई पब्लीस गर्ने काम गरदिनछौ बताए सर्वाहरी ।


कार्यक्रमका अर्का विश्ष्टि अतिथी थारु आयोगका सदस्य भोला राम थारु रहनु भएको थियो । वहाँले सभालाई सम्बोधन गर्दै भन्नुभयो हामीले भाषालाई एक रुपता ल्याउन सकेनौ भने कुनै पनि जातिको भाषालाई अगाडि बढन सक्दैनौ । यसमा थारु आयोग लगायत हामी सबै चिन्ता भएका थियौ । थारु भाषा लाई जोगाउनका लागि हामीले जातिको संस्कृतिलाई जोगाउन पर्ने छ । कुनै जातिको भाषा, संस्कृति माथि अक्रमण हुनु भनेको त्यो जाति सिदिनु हो । भाषा, संस्कृति लोप भएर गयो भने विस्तारै सबै आफै हराएर जान्छ । त्सैले यसको जगेनाको लागि लेखवर्गहरुको महत्वपुर्ण भुमिका रहन्छ बताए ।


त्सैगरी कार्यक्रममा कञ्चनपुर थारुकल्याणकारी सभाका अध्यक्ष नेवाराम चौधरी , गोचाली परिवार दंगका अध्यक्ष भगवती चौधरी, थारुलेखक संघ सुन्सरीका रामसागर चौधरी , थारु लेखक संघ कैलालीका अध्यक्ष सिताराम चौधरी लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रम जोगराम चौधरीको सभाअध्यक्षमा संचालन भएको थियो । कार्यक्रमको स्वागत मन्तव्य थारुकल्याणकारी सभाका कञ्चनपुरका अध्यक्ष मेवाराम चौधरीले गर्नु भएको थियो भने संचालनन गिता चौधरीले गर्नु भएको थियो । कार्यक्रममा विभिन्न स्थानिय झाँकीहरुको पनि प्रस्तुति रहोको थियो ।

छठाव राष्ट्रिय थारु साहित्य सम्मेलन थारू भाषा, साहित्य, कला, संस्कृति प्रवद्र्धनमा सहयोग पुग्ने उद्देश्य सहित फागुन १२,१३ र १४ गते तिन दिन सम्म चल्ने छ । सम्मेलनकाे आयोजना थारू लेखक संघ नेपाल, थारु कल्याणकारिणी सभा कंचनपुर थारू भाषा तथा साहित्य उत्थान मन्च कंचनपुर (गोचाली परिवार २०२८) ले गरेकाे छ भने मुख्य प्रयाेजक कृष्णपुर नगर पालिका र वडा नं. ५,६ ले गर्नु भएकाे छ ।