धनगढी,१५ पुस । रेडिकल एकेडेमीको छैठौं वार्षिकोत्सव एक कार्यक्रमका बिच सम्पन्न भएको छ । कार्यक्रममा रेडिकल एकेडेमीका विभिन्न शैक्षिक कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिनुका साथै विभिन्न सांगीतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।

यसका साथै विद्यार्थीहरुले आफूले डिजाइन गरेका पहिरनमा र्याम्प वाक पनि गरेका थिए । धनगढी नगरपालिका कम्प्लेक्समा रहेको रेडिकल एकेडेमी ले होटलमा म्यमानेजमेन्ट, फेसन डिजाइनर र मन्टेश्वरी शिक्षक प्रशिक्षणका साथै विभिन्न तहका ट्युसन कक्षा र प्रवेश परीक्षा तयारी कक्षा संचालन गर्ने गरेको छ ।

धनगढीको निर्माण व्यवसायी सङ्घको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य नारदमुनि राना हुनुहुन्थ्यो । प्रमुख अतिथि रानाले बेरोजगारी समस्या समाधान गर्न प्राविधिक शिक्षाको ठूलो महत्व भएको हुँदा यसतर्फ सबैले ध्यान दिनुपर्ने कुरा बताए ।

कार्यक्रकमा एकीकृत अखित नेपाल शिक्षक संगठनका अध्यक्ष धन बं सिंह, नेपाल शिक्षक महासंघ कैलालीका पूर्व अध्यक्ष भिम बलायर र पंचोदय मा.वि.का प्र.अ. हरिष ओझाले मन्तव्य राख्नु भएको थियो । रेडिकल एकेडेमीका प्रबन्ध निर्देशक प्रकाश छेडालको सभापतित्वमा आयोजित कार्यक्रमको संचालन गुणाकर पनेरु र कविता खड्काले गर्नुभएको थियो थियो भने स्वागत मन्तब्य पुष्पराज जोशीले राख्नुभएको थियो ।