कञ्चनपुरको पुनर्वास नगर पालिका वडा नं. ५ स्थित भिमसेन सामुदायिक विपत व्यवस्थापन समितिको प्रथम बार्षिक सधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी पुनर्वास नगर पालिकाका प्रमुख जिवन राज थापा रहनु भएको थियो । वहाँले कार्यक्रम उदघाटन पछि सभालाई संबोधन गर्दै भने “विपत भन्ने चिज बजाबजाएर आउने होइन यो त कुन बेला कहाँबाट कसरी आउने हो यसको पुर्वनुमान कसैलाई हुदैन । गएको भदौ ११ गते आएको वाढीले देशै भरी नै ठुलो धनजनको नोक्सान गरेर गएको छ । हामीले यो संस्थाको माध्यमबाट थोरै भए पनि आर्थिक सहयोग गरेका थियौ । विपतमा परेकाहरुको लगत लिएर फाईल हामीले केन्द्रीय सरकारलाई बुझाई सकेका छौ । केन्द्र सरकारले बाढीपिडितहरुलाई आर्थिक सहयोग दिने कुरा बोलेको छ । केन्द्रिय सरकारबाट रकम आउने वितिकै हामीले सबै पिडित परिवारलाई उपलब्ध गराउने छौ ।”


त्यसैगरि कार्यक्रमका विशिष्ट अतिथी पुनर्वास नगर पालिका वडा नं. ५ का वडा अध्यक्ष विर बहादुर बोगटी र रानाथारु उत्थान तथा समनव्य मञ्चका अध्यक्ष धोखे राना रहनु भएको थियो । अतिथीहरुमा सिमरी गाउँका भलमन्सा राधे राना, मन्दिर व्यवस्थापन समितीका अध्यक्ष दिनदयाल राना,युवा क्लबका अध्यक्ष नबराज राना लगायतले शुभकामन मन्तव्य दिनुभएको थियो ।


संस्थाका अध्यक्ष तिर्थराज रानाले भिमसेन सामुदायिक विपत व्यवस्थापन समितिको स्थापना तथा उद्देश्यका बारेमा प्रष्ट पारर्नु भएको थियो । यस संस्थाले बर्ष भरि गरेको कृयाकलाप सहितको प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । आ.ब. २०७७।०७८मा विभिन्न संघ संस्थाकाे अार्थिक सहयाेग तथा संस्थाकै आप्नै पहलमा रु २ लाख ११ हजार ५सय ९१ बराबरको आमदानि तथा खर्च प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य सदस्य रामर्बक्ष रानाले गर्नुभएको थियो भने संचालन सचिब मन्त्री रानाले गरेका थिए ।
कार्यक्रममा १५ जना बृद्घहरुलाई न्यानो कमल वितरण गरिएको थियो । भने एकल महिला फुला राना र छिद्दो चौधरीलाई १० किलो चामल,एक पोका नुन, एक पोका सोयाविन उपलब्ध गराउनु भएको थियो भने चार जना सुतकेरीहरूलाइ एक एक केरेट अन्डा उपलब्ध गराउनु भयाे ।