गुरही पर्वको अवसरमा सार्वजनिक बिदा

२०८२ श्रावण १२, सोमबार १४:१६
गुरही पर्वको अवसरमा सार्वजनिक बिदा

धनगढी, १२ श्रावण । कैलाली जिल्लाको विभिन्न स्थानीय तहले गुरही/गुरिया पर्वको अवसरमा स्थानीय सार्वजनिक बिदा दिएका छन् ।
थारु समुदायले पहिलो पर्वको रुपमा मनाउने गुरही पर्व यही श्रावन १३ गते मंगलबार परेको छ । सोही अवसरमा धनगढी उपमहानगरपालिका, लगायत कैलारी र जानकी गाउँपालिकाले स्थानीय सार्वजनिक बिदा दिएका हुन् ।