धनगढी, कैलाली – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कमल सिंह रानालाई कैलाली जिल्लाको भूमि समस्या समाधान आयोगको विज्ञ सदस्यमा नियुक्त गरेको छ । नेकपा एमालेको जिल्ला कमिटी सदस्य, नेपाल रानाथारु समाजको केन्द्रिय अध्यक्ष कमल सिंह रानालाई भूमि समस्या समाधान आयोगको विज्ञ सदस्य पदमा नियुक्त भएकोमा हार्दिक बधाई!
मन्त्रालयले २०८१ सालको भूमि समस्या समाधान आयोग गठन आदेशको दफा ८ को उपदफा (१) को खण्ड (च) बमोजिम रानालाई विज्ञ सदस्यमा नियुक्त गरेको हो। उनको पदावधि सोही आदेशको दफा ८ को उपदफा ३ बमोजिम हुनेछ ।
यस नियुक्तिसँगै मन्त्रालयले रानालाई बधाई ज्ञापन गर्दै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानमा सक्रिय योगदानको अपेक्षा गरेको छ ।
यो नियुक्तिले कैलाली जिल्लामा रहेको जटिल भूमि समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।






