संवाददाता ः दिनेश राना ।
कैलाली । श्री शिव माध्यमिक विद्यालय धनगढी उपमहानगर पालिका वडा नं. ७ देवहरियाले विविध कार्यक्रम गरि आफ्नो २०औँ बार्षिक उत्सव तथा अभिभावक दिवस मनायो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यकम बहादुर छेडालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी धनगढी उपमहानगर पालिका वडा नं. ७ का वडाअध्यक्ष मोति रानाथारु रहनु भएको थियो । वहाँले भन्नु भयो धनगढी उपमहानगर पालिकाले एक वडा एक नामुना विद्यालयको अवधारणा ल्याएको छ । हरेक वडामा एक नमुना विद्यालय बन्ने छन । वडा नं. ७ मा रहेको सरस्वती मा.वि. मनेहरा आफैमा नमुना रहेको छ यहाँका अभिभावकहरुको साथ र सहयोग रहेमा आउदो शैक्षिक सत्रदेखि यस श्री शिव मा.वि. देवहरियालाई नमुना विद्यालय बनाउने बताएका छन ।

कार्यक्रममा शुभकामना दिने अतिथीहरुमा शिक्षक अभिभावक संघका अध्यक्ष कालीराम राना, देवहरिया गाउँका भलमन्सा जगन्नथ राना,जखौर युवा क्लबका सचिब प्रकाश मौनि, समाज सेवी अनिता रावल, स्वयसेविका रुविना चौधरी लगायतले स्वगत मन्तव्य दिनु भएको थियो ।

सोहि कार्यक्रममा राजीनामा दिइ अवकास लिनुभएकी पुर्व शिक्षक गिता सोडारी, यस विद्यालय बाट सरुवाभई गएका शिक्षक कृष्णराज ओझा,शान्ति सिह, रामपति राना, टेकबहादुर ओझा र सिर्जना चौधरीलाई सम्मा गरिएको थियो । र गत यस ई ई परिक्षामा यस विद्यालयबाट राम्रो अंक ल्याइ पास भएकी छात्रा सिमा चौधरीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रधानाध्यापक नन्दलाल रानाले आ.व. २०८०।०८१को विद्यालयको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । लेखापाल जनक चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा शिक्षक गणेश ऐरले स्वागत गर्नुभएको थियो भने संचालन शिक्षक नेत्रा नाथले गनुभएको थियो ।

विद्यालयले विद्यार्थीहरुलाई विभिन्न विद्यामा खेलाईका खेलकुदमा प्रथम, द्धितिय र तृतियहुने विद्यार्थीहरुलाई पुरस्कार दिनुभएको छ ।







