धनगढी । एमाले नेता स्वर्गीय मदन भण्डारीको ७२ औँ जन्म जयन्तीको अवसरमा आयोजना गरेको फुटसल प्रतियोगितामा प्रेस चौतारी नेपाल विजयी भएको छ ।

आज बिहान डल्लुज फुटसलमा नेपाल पत्रकार महासंघ र प्रेस चौतारी बिच भएको प्रतियोगितामा प्रेस चौतारी ७÷३ गोल अन्तरले विजयी भएको हो । प्रेस चौतारीबाट दिलबहादुर छत्याल र शिवराज भट्टले २÷२ गते गरेका थिए । गोविन्द रोस्यारा र दिनेश बिष्टले १÷१ गोल गरेका थिए । १ गोल आत्माघाति भएको थियो ।

उता पत्रकार महासंघबाट दीपक उपाध्याय, शङ्कर बोहरा र टंक कुवरले १÷१ गोल गरेका थिए । प्रतियोगितामा प्रेस चौतारीका भानुभक्त आचार्य उत्कृष्ट खेलाडी भए । विजेताहरूलाई धनगढी उपमहानगरपालिकी उपप्रमुख कन्दकला रानाले पुरस्कार बितरण गरेकी थिइन् । प्रेस चौतारी प्रदेश कमिटीले प्रतियोगिताको आयोजना गरेको हो ।