धनगढी,२७ माघ । कैलालीकाे धनगढी उपमहानगर पालिका वडा नं. १५ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय उर्मिकाे ५०औँ बार्षिकाेत्सव सम्पन्न भएकाे छ ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दरी कार्किकाे सभापतित्वमा भएकाे थियाे भने प्रमुख अतिथि धनगढी उपमहानगर पालिकाकी नगर उपप्रमुख कन्दकला राना रहनु भएकाे थियाे। उपप्रमुख रानाले भन्नुभयाे, “धनगढी उपमहानगर पालिकाले शिक्षालाई अग्रेणी स्थानमा राखेकाेछ , नगर भित्र का ७३वटै सामुदायिक बिधालयहरूमा शिक्षाकाे गणस्तर वृद्धि गराउन, यसकाे लागि धनगढी उपमहानगर पालिकाले पञ्चवर्षिय कार्यक्रम बनाएर लागु गर्ने बताइन ।”
कार्यक्रमका विशिष्ट अतिथि धनगढी उपमहानगर पालिका वडा नं. १५ का वडा अध्यक्ष सुखदेब राना , शिक्षा, युवा तथा खेलकुद महाशाखा धनगढीका अधिकृत सुर्य बहादुर कार्किले शुभकामना मन्तव्य दिनु भएकाे थियाे । बिद्यालयका प्र.अ. अमर सिंग तरामि मगरले ८५ लाख बराबरकाे आय-ब्यय प्रस्तुत गर्नु भएकाे थिय भने कार्यक्रमकाे सुभकामना मन्तब्य शिक्षक दिपक राज जाेशि गरेका थिए। कार्यक्रमकाे संचालन शिक्षक माेहन प्रसाद आचार्यले गरेका थिए ।






