धनगढी,२२ माघ ।
कैलालीको धनगढी उपमहानगर पालिकाको आयोजनामा नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विगत दुई वर्षदेखि हुदै आइरहेको छ । कार्यक्रम नगर उपप्रमुख कन्दकला रानाको सभापतित्वमा भएको थियो । धनगढी उपमहानगर पालिकले शिक्षा,स्वास्थ्य र खेलकुदलाई पहिलो प्राथमितामा राखेको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यार्थीमा रहेको प्रतिभाको विकास संगै देशविदेशमा समेत अग्रेणी स्थान हासिल गर्न मद्दद गर्दछ । जसकोलागि धनगढी उपमहानगर पालिकाले शिक्षा क्षेत्रको विकासका लागि पाँच बार्षिय योजना बनाएका छौ भनेर जानकारी दिनुभयो नगर उपप्रमुख राना ।

कार्यक्रमको बारेमा जानकारी दिदै धनगढी उपमहानगर पालिका शिक्षा,युवा ताथ महाशाखा प्रमुख नरेन्द्र खातीले भन्नु भयो राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता कार्यविधि २०७४ अनुसार विगत दुई वर्षदेखि संचालन गर्दै आइरहेको बताए । यो प्रतियोगिताको कुल राशि ६ लाख रहेको जसमा संघिय सरकारको एक लाख अनुदान र नगर पालिकाको पाँच लाख आर्थिक सहयोग रहेको जानकारी दिनुभयो महाशाखा प्रमुख खातीले । प्रतियोगिता माघ २२ गते देखि २४ गते सम्म संचालन हुने छ । तिन विद्यामा ३० वटा खेलहरु समावेश गरिएका छौ र उक्त प्रतियोगितामा धनगढी उपमहानगर पालिका भित्रका २७ वटा विद्यालयहरुले सहभागि भएका छन । कक्षा ९ देखि कक्षा १२ सम्मका ९६७ जना विद्यार्थीहरुले भागलिएका छन भनेर जानकारी दिदै भन्नु भयो महाशाखा प्रमुख खातीले ।

कार्यक्रमा १९ वडाका वडा अध्यक्ष, सहभागि विद्यालयका प्र.अ., शिक्षामहाशखाका कार्मचारी र विद्यार्थीहरुको उपस्थित रहेको थियो । कायैक्रमको स्वागत धनगढी उपमहानगर पालिका वडा नं. ८ का वडा अध्यक्ष जुगराम चौधरीले गर्नुभएको थियो ।







