दिनेश राना/धनगढी, ०७ माघ । मुख्य मन्त्री नमुना कृषि गाउँ खद्यन्न बीउ उत्पादन कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र कैलाली द्धारा ५० प्रतिशत अनुदानमा कृषकहरुलाई कृषि यन्त्र हस्तान्तरण गरियो ।
सदुरपश्ञ्चिम प्रदेश भुमिव्यवस्था तथा सहकारी पुर्व मन्त्रि विनिता चौधरीले दाइजो कृषि सहकारी संस्थामा अबद्ध किसानहरुलाई सनिबारका दिन एक कार्यक्रमका विच कृषि यन्त्र हस्तान्तरण गर्नुभयो । मन्त्री चौधरी कार्यक्रमको प्रमुख अतिथी रहनुभएको हो । कार्यक्रमलाई संवोधन गर्दै वहाँले भनिन “सुदुरपश्चिप प्रदेश सरकारले कृषि तथा पशुपञ्छि एकिकृत कार्यक्रम भनेर यहाँ मात्र नभएर सातैवाट प्रदेशमा एउटा ठुलो प्रजेक्टको रुपमा नमुना बनाउनु पर्छ भनेर ८८ वटा स्थानिय तहमा एक एक वटागरी कार्यक्रमको शुरुवात गरेका थियाै” ।

” र त्यो अनुसार कयौ छुटै समन्वय समिती बनाएर कार्यक्रम संचालन गरेका थियौ भने कयौ कार्यक्रम हामीले सहकारी मार्फत शुरु गरेका थियौ । यो भित्र खद्यायन्न बाली मात्र पर्दैन पशुपञ्छि , माछा पालन, कुखुरा पालन, बंगुर पालन, बाख्रा पालन लगायत कार्यक्रम हामीले संचालन गरेका थियौ “।

“यो कार्यक्रम संचालन गरी रहादा हामीले के भनेका थियौ भने एक वर्ष एउटा कार्यक्रम र अर्को बर्ष अर्को कार्यक्रम गर्द राम्रो हुदैन भनेर हामीले यसलाई कम्तीमा तिन बर्ष सम्म निरन्तरता गर्दै लैजानु पर्छ भनेका थियौ । तव मात्र हामी किसानहरुलाई आत्मनिभर बनाउन सक्छौ भन्ने उद्देश्यका साथ सुदुरपश्चिमका नौवटै जिल्लामा संचालन गर्याै”।

“सोहि कार्यक्रम अन्तर्गत हामीले यस दाइजो कृषि सहकारी संस्थामा विज बृद्घि कार्यक्रम अन्गर्तत शुरुवत गरेका थियौ ।” र यो सहकारीले राम्रो काम गरेको छ सुदुश पश्ञ्मिमै उत्कृट भएको बताइन मन्त्र चौधरीले ।
सोहिकार्यक्रमका विश्ष्टि अतिथी धनगढी उपमहानगर पालिका वडा नं. ७ का वडा अध्यक्ष मोति रानाथारुले भन्नु भयो सुदुरपश्मि प्रदेश भुमि व्यवस्था तथा सहकारी मन्त्रलयले मेरो वडामा यहाँका किसानहरुलाई कुषि यन्त्र अनुदानमा वितरण गर्नुभएकोमा मन्त्रालय लगायत कैलाली कृषि ज्ञान केन्द्रको पुरै टिमलाई धन्यवाद दिनु भयो ।

यसै गरी कार्यक्रममा ज्ञानकेन्द्र कैलालीका अधिकृत खगेन्द्र प्रसाद शर्मा, श्याम राज जोशी, संस्थाका अध्यक्ष मानबहादुर राना, गाउका बुद्घिजीवी देवबहादुर सेठी, दिर्घराज जोशी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो भने कार्यक्रममा संस्थाका सदस्य एवंम शेयर सदस्यहरुको उपस्थित रहेको थियो ।

कार्यक्रम मुख्य मन्त्री नमुना कृषि गाउँ खद्यन्न बीउ उत्पादन कार्यक्रम समन्य समितिकी संयोजक चन्द्रकिरण रानाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा आठ वाट मिनि पावर टिलर, २.२४ टन गहुको विऊ , ०.७२ टन प्रमाणीत गहुको विऊ जम्मा अनुदान रु ९लाख २० हजार ७सय ६० बराबरको ५० प्रतिशत अनुदान कार्यक्रम रहको जानकारी दिनुभयो । दाइजो कृषि सहकारी संस्थाले विगत तिन वर्ष देखि गर्दै आइरहेको र यो अन्तिम वर्षको कार्यक्रम भनेर जानकारी दिनुभयो ।
कार्यक्रमको स्वागत मन्तव्य शिक्षा समिति संयोजक मनराज यादबले दिनुभएको थियो भने कार्यक्रमको संचानल सचिब दिपक राज जोशीले गर्नु भएको थियो ।






