लालझाडी – कञ्चनपुरमा प्रहरीले लागुऔषध (ब्राउनसुगर) सहित ३ युवकलाई पक्राउ गरेको छ।
बिहीबार साँझ लालझाडी गाउँपालिका-१, नौरङ्गाबाट २ ग्राम ७५० मिलिग्राम ब्राउनसुगरसहित उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा लालझाडी गाउँपालिका-१ नौरङ्गाका २२ वर्षीय मनिष राना, २२ वर्षीय श्रवण राना र २४ वर्षीय रोहित राना रहेका छन्।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट ब्राउनसुगर फेला पारेको जनाएको छ।
पक्राउ परेका तीनै जनामाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







