कञ्चनपुरको बेलौरी उद्योग वाणिज्य संघको पाँचौं साधारण सभा शनिबार सम्पन्न भएको छ। सभाबाट संघको अध्यक्षमा प्रकाशराज पन्त सर्वसम्मत चयन हुनुभएको छ।

साधारण सभाबाट वरिष्ठ उपाध्यक्षमा महेन्द्र सिंह बडाल, उद्योग उपाध्यक्षमा राजेन्द्रबहादुर चन्द, वाणिज्य उपाध्यक्षमा वसन्त पुन मगर, महासचिवमा रामेश्वर न्यौपाने, सचिवमा रिता चौधरी तथा सदस्यहरूमा कैलाश सिंह बिष्ट, यमबहादुर खत्री, विष्णुमाया अर्याल, बासुदेव भट्ट सीतल, दिनेश चौधरी, अलोना श्रेष्ठ, तारा सिंह बिष्ट र अशोक चौधरी सर्वसम्मत चयन हुनुभएको छ।बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित साधारण सभाको अध्यक्षता संघका अध्यक्ष हिरा सिंह बिष्टले गर्नुभएको थियो। कार्यक्रममा उद्योग वाणिज्य संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष पुष्पराज कुँवर प्रमुख अतिथि तथा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा विशिष्ट अतिथि रहनुभएको थियो। त्यसैगरी कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिपेन्द्र प्रकाश साउँद, बेलौरी नगरपालिका–४ का वडाध्यक्ष अर्जुन ढकाल, पूर्वअध्यक्षहरू टेकबहादुर साउद, आत्मराम दाहाल, धनेशदत्त पन्त र लक्ष्मीनारायण चौधरी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योगी तथा व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो।सभामा संस्थाका कोषाध्यक्ष महेन्द्र सिंह बडालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।निर्वाचन मण्डलमा नारायण सिंह ऐरी, शेरबहादुर बिष्ट र विष्णुप्रसाद तिवारी रहनुभएको थियो।