कञ्चनपुर, १२ असार
कञ्चनपुरका चार युवा पत्रकार दीक्षित भएका छन । शुक्रबार महेन्द्रनगरमा सम्पन्न भएको सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोहमा जिल्लाका चार पत्रकार दीक्षित भएका हुन । युवा पत्रकार सुरज श्रेष्ठ, मदन गिरी, कल्पना साउद, सन्तोषी पाण्डेय दीक्षित भएका हुन ।
कञ्चन आवाजका सम्पादक समेत रहेका श्रेष्ठले व्यवस्थपन संकायमा माष्र्टस अफ पिलोसोपि ईन म्यानेजमेन्ट, पुलेसो डटकमका सम्पादक समेत रहेका पत्रकार गिरीले मानविकीय संकाय अर्थशास्त्रमा स्नाकोत्तर, फारवेष्ट पोष्ट दैनिककी सम्पादक कल्पना साउदले मानविकीय संकाय पत्रकारिता विषयमा स्नातक र सुदूर डायरीकी पत्रकार सन्तोषी पाण्डेयले पनि मानविकीय संकाय पत्रकारिता विषयमा स्नातक उर्तीण गरेका छन ।
प्रेस चौतारी कञ्चनपुरका अध्यक्ष समेत रहेका मदन गिरी, प्रेस सेन्टरका नेता सुरज श्रेष्ठ, प्रेस सेन्टरकर्मीद्वय साउद, पाण्डेयले शैक्षिक क्षेत्रमा समेत आफुलाई अब्बल बनाउँदै लगेका छन । उच्च शिक्षा अध्ययनसंगसंगै पत्रकारिता गर्दै आएका चारै पत्रकारले थप समाजिक दायित्व बृद्धि भएको बताएका छन ।
उनीहरुसंगै अघि वा पछि पनि कञ्चनपुरका थुप्रै पत्रकार दीक्षित भएका छन । सहकुलपति समेत रहेका शिक्षा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्कृतविद साहित्यकार प्राडा. तुलसी प्रशाद जोशी(दिलसीदिवस)कै प्रमुख आथित्यमा भएको कार्यक्तममा दुई हजार चारसय ८९ विद्यार्थी दीक्षित हुन लागेका छन । सुदूरपश्चिम विश्वविद्यालयका निमित्त उपकुलपति यज्ञराज पाठकले क्रमिक रुपमा विश्वविद्यालयले शैक्षिक क्षेत्रमा उन्नयन गर्दै आएको बताए । कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)को कार्यव्यस्थताले उपस्थिति हुन नसकेकाले उपकुलपति पाठकले शुभकामना सन्देश सुनाएका थिए । सुदूरपश्चिम विश्वविद्यालयका निमित्त रजिष्ट्रार गोबिन्द विष्टले दीक्षित भएका विद्यार्थीलाई आर्जन गरेको ज्ञानसिप जिवनोपयोगी गर्न सुझाव दिएका छन । दीक्षित समारोहमा सभागि विद्यार्थीका अभिभावक हर्षित भएका छन । सुप विश्वविद्यालय स्थापना भएको १६ बर्षसम्म छैटौँ समारोह गर्न सफल भएको छ ।






