धनगढी । धनगढी स्थित नवजीवन सहकारी संस्था लिमिटेडको अध्यक्षका लागी ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सस्थाको ३२ औं वार्षिक साधारणसभा अन्तर्गत हुने निर्वाचनका लागि ४ जनाले आज उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन समितिले जारी गरेको सूचना अनुसार सहकारीको अध्यक्ष पदका लागि केशव राज मिश्र, गोपाल राज पाठक, धन बहादुर शाह र चेतराज ओझा प्रतिस्पर्धामा रहेका छन्।

त्यस्तै उपाध्यक्ष पदमा इन्द्र प्रसाद जोशी, उत्तम जोशी र उपेन्द्र बिष्ट उम्मेदवार रहेका छन्। यसैगरी सदस्य पदमा ३० जना उम्मेदवारहरू मैदानमा उत्रिएका छन् ।


लेखा सुपरीवेक्षण समिति संयोजक पदका लागि गणेश प्रसाद जोशी र चेतराज जोशी उम्मेदवार बनेका छन् भने सदस्य पदमा खेमराज पाठक, गणेश प्रसाद उपाध्याय, टेक राज जोशी र दिलिप रोकाय क्षेत्री प्रतिस्पर्धामा रहेका छन्।
निर्वाचन समितिले सबै उम्मेदवारहरूको विवरणसहितको नामावली प्रकाशन गर्दै तोकिएको कार्यतालिका अनुसार निर्वाचन प्रक्रिया अघि बढ्ने जनाएको छ।










