धनगढी । नेपाल राष्ट्रिय शिक्षक संगठन धनगढी नगर समितिको आयोजनामा शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले शैक्षिक संवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम धनगढी नगर समितकाे आयोजनामा , राष्ट्रिय समिति सदस्य नेत्रा नाथ को प्रमुख आतिथ्यमा भएको थियो। कार्यक्रममा संगठनका जिल्ला उपाध्यक्ष कर्ण बहादुर साँवद, सचिव गंगाराम ओझा, कोषाध्यक्ष नन्दलाल राना, बुद्धिजीवी जिल्ला अध्यक्ष प्रकाश छेडाल, पालिका इन्चार्ज प्रेमचन्द राना तथा पूर्व नगर अध्यक्ष शान्ति पाल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सभापतित्व नगर अध्यक्ष दिपक राज जोशी ले गर्नुभएको थियो भने सञ्चालन सचिव राम बहादुर बोहरा ले गर्नुभएको थियो।
कार्यक्रममा स्थानीय तहले शिक्षामा गर्न सक्ने सुधारका उपायहरू, विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने रणनीतिहरू तथा शिक्षक, अभिभावक र सरोकारवालाबीच समन्वय कसरी मजबुत बनाउने भन्ने विषयमा व्यापक छलफल भएको थियो। सहभागीहरूले गुणस्तरीय शिक्षा प्रवर्द्धनका लागि नीति निर्माण, स्रोत व्यवस्थापन र प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखेका थिए।
कार्यक्रमले शिक्षा क्षेत्रको सुधारका लागि सामूहिक पहल आवश्यक रहेको निष्कर्ष निकाल्दै आगामी दिनमा यस्ता संवादलाई निरन्तरता दिने र अाज सम्पन्न कार्यक्रम सहितकाे ज्ञापन पत्र तयार गरि पालिकाकाे शिक्षा शाखा प्रमुख र उपप्रमुखलाइ बुझाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।







