​काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई अब म्याद थप नगरी हिरासतमुक्त गरेर अनुसन्धान अगाडि बढाउन आदेश दिएको छ ।

​अदालतका सहायक प्रवक्ताका अनुसार, दुवै नेतालाई न्यायिक हिरासतमा राखेर गरिने अनुसन्धानको प्रक्रियालाई बिट मार्दै अब थुनाबाहिरै रहेर अनुसन्धान (Investigation) मा सहयोग गर्ने गरी बाटो खोलिदिएको हो ।

सर्वोच्च अदालतले हिरासतमुक्त गर्ने आदेश दिए पनि उनीहरू तत्कालै भने छुट्ने छैनन् । अदालतका अनुसार उनीहरूको हिरासतको म्याद आगामी चैत २६ गतेसम्म कायम रहेकाले सो मिति सकिएपछि मात्र उनीहरूलाई हिरासतमुक्त गरिनेछ ।

​२६ गतेपछि दुवै जनालाई थुनामा राखिरहनु नपर्ने र अनुसन्धानका बाँकी प्रक्रियाहरू हिरासत बाहिरैबाट पुरा गर्न सकिने अदालतको ठहर छ । यसअघि उनीहरूमाथि विभिन्न विषयमा अनुसन्धानका लागि म्याद थप गरिँदै आएको थियो ।