शोक समाचार / संवेदना व्यक्त
नेपाल–भारत रानाथारु समाजका अध्यक्ष स्व. डिल्लु राना तथा सदस्य मलकित रानाको मिति २०८२ माघ २२ गते विवाहबाट घर फर्किने क्रममा भएको दुःखद् निधनले सम्पूर्ण रानाथारु समुदाय स्तब्ध बनेको छ। प्राप्त जानकारी अनुसार दुवै जना बीसक्त रक्सी सेवन पश्चात् भएको घटनाका कारण असामयिक निधन भएको हो।
स्व. डिल्लु राना र मलकित रानाको निधनले रानाथारु समाजमा गहिरो क्षति पुगेको छ। समुदायले एक जुझारु, लगनशील र समर्पित अभिभावक गुमाएको महसुस गरेको छ। विशेषगरी स्व. डिल्लु रानाले नेपाल–भारत रानाथारु समाजलाई एक सूत्रमा बाँध्ने महत्वपूर्ण अभियानमा अग्रणी भूमिका निर्वाह गर्नुभएको थियो।
उहाँको नेतृत्वमा नेपाल, भारतको उत्तरप्रदेश तथा उत्तराखण्डमा बसोबास गर्ने रानाथारु समुदायलाई एकजुट बनाउने प्रयास उल्लेखनीय रहेको थियो। उहाँको योगदानले समुदायमा एकता र पहिचान मजबुत बनाउन महत्वपूर्ण टेवा पुगेको थियो।
आज उहाँहरू हामीबीच नरहनु दुःखद् भए पनि उहाँहरूले देखाएको मार्ग र उद्देश्यलाई निरन्तरता दिने प्रतिबद्धता समुदायले व्यक्त गरेको छ।
स्व. डिल्लु राना र मलकित रानाको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति मिलोस् भनी हार्दिक समवेदना व्यक्त गरिन्छ। साथै, उहाँहरूले सुरु गर्नुभएको एकताको यात्रा हामी सबैले मिलेर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।







