नरेश राना / कञ्चनपुर — कञ्चनपुरको बेलौरी नगरपालिका–२, गोकुलपुर निवासी गङ्गाराम रानाले बेदकोट नगरपालिका–३ स्थित बैजनाथ मन्दिर परिसरमा यस वर्ष पनि बृहत धार्मिक कार्यक्रम तथा भण्डाराको आयोजना गरेका छन्। आफ्नो हजुरबुवा दिवङ्गत गिरधारीलाल रानाको स्मृतिमा सञ्चालन गरिएको यो कार्यक्रम निरन्तर दोस्रो वर्ष सम्पन्न भएको हो।

दुईदिने धार्मिक अनुष्ठान सम्पन्नबेलौरीका रानाद्वारा बेदकोटस्थित बैजनाथ मन्दिरमा दोस्रो वर्ष पनि बृहत भण्डारा

कञ्चनपुर — कञ्चनपुरको बेलौरी नगरपालिका–२, गोकुलपुर निवासी गङ्गाराम रानाले बेदकोट नगरपालिका–३ स्थित बैजनाथ मन्दिर परिसरमा यस वर्ष पनि बृहत धार्मिक कार्यक्रम तथा भण्डाराको आयोजना गरेका छन्। आफ्नो हजुरबुवा दिवङ्गत गिरधारीलाल रानाको स्मृतिमा सञ्चालन गरिएको यो कार्यक्रम निरन्तर दोस्रो वर्ष सम्पन्न भएको हो।

दुईदिने धार्मिक अनुष्ठान सम्पन्न

धार्मिक कार्यक्रमअन्तर्गत बुधबार सत्यनारायण कथा वाचन, हवन तथा भजन–कीर्तन आयोजना गरिएको थियो भने बिहीबार बृहत भण्डाराको व्यवस्था गरिएको थियो। धार्मिक वातावरणमा सम्पन्न कार्यक्रमले स्थानीय तथा टाढाटाढाबाट आएका भक्तजनलाई आकर्षित गरेको आयोजक गङ्गाराम रानाले बताए।

गिरधारीलाल रानाको स्मृतिमा कार्यक्रम

करीब ७० वर्षअघि गृहस्थ जीवन त्याग गरी बैजनाथ मन्दिरमै सन्यासी जीवन बिताएका गिरधारीलाल रानाको सोही स्थानमा देहावसान भएको थियो। हजुरबुवाको पुण्य स्मृतिलाई जीवित राख्न परिवारजन तथा इष्टमित्रहरूको सहयोगमा धार्मिक कार्यक्रममा निरन्तरता दिइएको गङ्गाराम रानाले बताए।

उनका अनुसार, “हजुरबुवाले यही मन्दिरलाई आफ्नो तपोभूमि बनाएकाले उहाँकै स्मृतिमा यो सेवा नियमित रूपमा गर्दै आएका छौं। आगामी वर्ष यसलाई अझ व्यवस्थित र भव्य रूपमा आयोजना गर्ने योजना छ,” उनले भनिन्।

अतिथिहरूको उपस्थिति

कार्यक्रमको उदघाटन कञ्चनपुर क्षेत्र नम्बर १ का पूर्व सांसद पुरन राना थारुले गरेका थिए।

विशिष्ट अतिथिमा कृष्णपुर नगरपालिकाका उप–प्रमुख द्रोपती राना र नेपाल राना थारु समाजका जिल्ला अध्यक्ष मनोहरलाल राना उपस्थित थिए।

अतिथिहरूले धार्मिक कार्यक्रम, भण्डारा तथा सामाजिक सेवामा राना परिवारले गरेको निरन्तर योगदानको प्रशंसा गरेका थिए।

अपाङ्गता भएका १७ भक्तजनलाई सम्मान

कार्यक्रमका क्रममा १७ जना अपाङ्गता भएका भक्तजनलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

“सामाजिक तथा धार्मिक कार्यक्रमले सबै समुदायलाई एकजुट बनाउने भएकाले आगामी दिनमा यो परम्परा अझै विस्तार गर्दै जाने छौं,” आयोजक रानाले जानकारी दिए।

करिब १४ सयभन्दा बढी भक्तजनले ग्रहण गरे प्रसाद

बिहीबार आयोजित बृहत भण्डारामा कञ्चनपुर, कैलाली, बाँके, बर्दिया तथा भारतका विभिन्न स्थानबाट आएका करिब १ हजार ४ सयभन्दा बढी भक्तजनले प्रसाद ग्रहण गरेको आयोजकले बताए।

घना भीडका बीच अनुशासन, सजावट, भोजन तथा सेवा व्यवस्थापन उत्कृष्ट रहेको भक्तजनहरूले बताएका छन्।