लालझाडी–४ मा डाङ्गजाई रानाथारु सामुदायिक होमस्टे को उद्दघाटन

१७ कार्तिक २०८२, सोमबार
लालझाडी–४ मा डाङ्गजाई रानाथारु सामुदायिक होमस्टे को उद्दघाटन

नरेश राना / लालझाडी, कञ्चनपुर —
कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका–४ स्थित डाङ्गजाईमा आज एक विशेष समारोहका बीच डाङ्गजाई रानाथारु सामुदायिक होमस्टेको औपचारिक उद्घाटन गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि लालझाडी गाउँपालिका–४ का वडा अध्यक्ष बहादुर रानाले रिबन काटी होमस्टेको उद्घाटन गर्नु भएको हो। उद्घाटन कार्यक्रममा स्थानीय समुदायको उत्साहपूर्ण सहभागिता रहेको थियो।

होमस्टे सञ्चालन समितिका अध्यक्ष मोले रानाका अनुसार डाङ्गजाई रानाथारु सामुदायिक होमस्टे स्थापनाको मुख्य उद्देश्य स्थानीय संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै गाउँमा आउने आगन्तुकलाई रानाथारु समुदायको परम्परा, रहनसहन र आतिथ्य सत्कारको अनुभव दिलाउनु हो।

उक्त अवसरमा वडा सदस्य लवदेव राना , स्वतन्त्र युवा समाजका संयोजक नारायन राना, समाजसेवी लक्षमण राना भलमन्सा भजोरा राना ,तथा स्थानीय बुद्धिजीवी गोदावरी राना लगायतका अतिथिहरूको उल्लेखनीय उपस्थित रहेको थियो। गाउँस्तरमा सामुदायिक पर्यटन विकासका यस्ता प्रयासले ग्रामीण अर्थतन्त्र सुदृढ हुने र रानाथारु समुदायको सांस्कृतिक पहिचान झनै उजागर हुने विश्वास व्यक्त गरे।

स्थानीय बासिन्दाले यस होमस्टेको सञ्चालनले रोजगारीका अवसर सिर्जना हुने, पर्यटक आकर्षण बढ्ने र गाउँको समग्र विकासमा टेवा पुग्ने आशा व्यक्त गरेका छन्।

Wedding Story advertisement Of Jems Movies & Photo Studio