महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ मछेली २ नम्बर चौराह नजिक पूर्व–पश्चिम राजमार्गमा शनिवार काठमाण्डौंबाट महेन्द्रनगरतर्फआउदै गरेको ना ७ख ६१८२ नंम्बरको यात्रुबस अनियन्त्रित भई दुुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका– १ बण्डका ४२ वर्षीय बलबहादुर बोहराको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार दुर्घटनमा घाइते भएका उनको वाणी हस्पिटलमा उपचारकै क्रममा मृत्यु भएको डीएसपी बोहराले जानकारी दिए । बसमा सवार अन्य चार जना सकुसल छन् भने वेदकोट नगरपालिका–३ दैजीका ४६ वर्षीय बस चालक रमेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस काठमाडौंबाट कञ्चनपुरको महेन्द्रनगर गइरहेको थियो ।