धनगढीः कैलालीबाट नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन्।

जिल्लाको मोहन्याल गाउँपालिका–७ पितमारी स्थितबाट दैलेख जिल्लाको ठाँटीकाध गाउँपालिका–१ घर भई हाल मोहन्याल गाउँपालिका–७ पितमारीमा ग्रिन सिटि होटल संञ्चालन गरि बसेका ३० वर्षीय लोकेन्द्रबहादुर शाहीले संचालन गरेको उक्त होटल भित्र खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक लोकेन्द्रबहादुर शाहीसहित ७ जना पक्राउ परेका हुन्।

शाहीसहित सातै जनालाई नगद १ लाख सतहत्तर हजार एक सय पैतालिस र १२ गड्डी ताससहित इलाका प्रहरी कार्यालय चिसापानी, कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनएको छ। सो सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

सेयर कर दियो ।