नरेश राना / कृष्णपुर — कृष्णपुर नगरपालिकामा “समुदायको जलवायु उत्थानशीलताको नतिजा (श्रेणी) प्रकाशन तथा छलफल कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका नगर प्रमुख द्रोपती राना रहनु भएको थियो भने, विशिष्ट अतिथि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्ट हुनुहुन्थ्यो।

कार्यक्रमको संयोजन नेपाल राष्ट्रिय समाज कल्याण परियोजना का संयोजक (NNSWA)महेश घिमिरे ,
गोविन्द नारायण उपाध्यक्ष (अनुगमन तथा मुल्यांकन अधिकृत) NNSWA,
रिमा खनाल फिल्ड सहायक अधिकृत NNSWA सहित को टोली र विभिन्न शाखा गत का शाखा प्रमुख सँग
छलफल कार्यक्रम समुदायमा जलवायु परिवर्तनका प्रभावहरूसँग सामना गर्न स्थानीय तह र समुदायबीचको सहकार्यलाई सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको हो।
कार्यक्रममा विभिन्न वार्डका जनप्रतिनिधि, महिला समूह, कृषक समूह, युवा स्वयंसेवक, र सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले आफ्ना क्षेत्रका जलवायु जोखिम, अनुकूलन अभ्यासहरू, र आगामी योजनाबारे विस्तृत छलफल गरेका थिए।
मुख्य अतिथि नगर प्रमुख द्रोपती रानाले समुदायको जलवायु उत्थानशीलता सुदृढ पार्न नगरपालिकाले प्राथमिकताका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै, यस्तो मूल्याङ्कन र छलफलले भावी योजना बनाउन थप सहयोग पुर्याउने बताउनुभयो।
विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्टले जलवायु अनुकूलनका कामहरूलाई दिगो बनाउने जिम्मेवारी सबैको साझा भएको र स्थानीय तहले नीति निर्माणदेखि कार्यान्वयनसम्मको भूमिका निर्वाह गर्न तत्पर रहेको बताउनुभयो।
संयोजक महेश घिमिरेले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै, समुदाय स्तरमा गरिएका क्रियाकलापहरूको मूल्याङ्कनमार्फत वास्तविक नतिजा अभिव्यक्त गर्न र आगामी सुधारका दिशामा छलफल गर्न यो कार्यक्रम आयोजित गरिएको जानकारी दिनुभयो।
कार्यक्रमको अन्त्यमा सहभागीहरूबाट प्राप्त सुझावहरू संकलन गरी आगामी योजनामा समावेश गर्ने निर्णय गरिएको थियो।






