काठमाडौँ । नेपालको अग्रणी दूरसञ्चार सेवा प्रदायक एनसेलले चाडपर्वको समयमा पनि आफ्नो सेवा विस्तारको कार्यलाई तीव्रता दिएको छ । कम्पनीले पछिल्लो ११ दिनको अवधिमा देशभरी २६ वटा नयाँ टावरहरु जडान गरी सञ्चालनमा ल्याएको छ ।

यी नयाँ टावरहरू सञ्चालनमा आएसँगै ती स्थानका ग्राहकहरूले अब एनसेलको फोरजी (4G) नेटवर्क मार्फत गुणस्तरीय भ्वाइस (Voice) र उच्च गतिको डेटा सेवा को लाभ लिन सक्नेछन् ।

एनसेलले विशेषगरी मधेस, बागमती र कोशी प्रदेश का विभिन्न जिल्लाका स्थानीय तहहरूमा फोरजीका थप टावरहरू जडान गरी सेवा विस्तार तथा गुणस्तर सुधार गरेको हो । यस विस्तारले गर्दा यी क्षेत्रका बासिन्दाले अब थप प्रभावकारी सञ्चार सुविधा उपभोग गर्न पाउनेछन् ।

एनसेलले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट नेटवर्क अनुभव प्रदान गर्न निरन्तर रूपमा पूर्वाधार विकास तथा स्तरोन्नति गरिरहेको जनाएको छ ।