धनगढी । कैलालीमा लागूऔषध सेवन गरेर सवारीसाधन चलाउने ६ जना चालक पक्राउ परेका छन् ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले साेमबार गाेदावरी नगरपालिका-४ काे भीमदत्त राजमार्गमा गरेकाे लापसे चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको जनाएको छ ।

ट्राफिक प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) डीएसपी टेकबहादुर जाेराले साना तथा ठूला यात्रुबाहक सवारी चालकहरुको लागूऔषध परीक्षणका क्रममा सेवन गरेकाे पाेजेटिभ रिपोर्ट देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मालाखेतीकाे जिम्मा लगाइएको बताए ।

उनकाअनुसार पक्राउ पर्नेमा सुपप्र०४–००१ ज ००४७ नम्बरकाे जिप चालक दार्चुलाकाे मालिकार्जुन गाउँपालिका-३ का २७ वर्षीय जनक सिंह धामी, सुपप्र०२–००१ ज ०६२४ काे इलेक्ट्रिक भेइकल चालक बैतडीकाे दोगडाकेदार गाउँपालिका–५ का २७ वर्षीय महेश ठगुन्ना सुपप्र०१–००१ ख ९३६० नम्बरको हाईस चालक डडेल्धुराकाे नवदुर्गा गाउँपालिका–१ बस्ने २४ वर्षीय उमेश बुढाऐर रहेका छन् ।

यस्तै सुपप्र०२–००१ ज ६०६नम्बरको इलेक्ट्रिक भेइकल चालक कञ्चनपुरकाे पुर्नवास नगरपालिका–२ का ३० वर्षीय लक्ष्मण साउँद बा २ ख २२४३ नम्बरको हाईस चालक कञ्चनपुरकाे कृष्णपुर नगरपालिका–९ बस्ने ३३ वर्षीय राम बहादुर थापा र सुपप्र०१–००१ ज १७८१ नम्बरको इलेक्ट्रिक भेइकल चालक दार्चुलाकाे शैल्यशिखर नगरपालिका–४ बस्ने
२१ वर्षीय हरिश धामीलाई पनि पक्राउ गरिएको उनले बताए ।

सुदूरपश्चिममा पछिल्लो समय यात्रुबाहक सवारी चालकले लागूऔषध सेवन गरेर सवारी चलाउने क्रम बढ्दै गएकोले दुर्घटनाको जाेखिमलाई ध्यानमा राखेर ट्राफिक प्रहरीले नियमित निगरानी र आकस्मिक परीक्षण गर्दै आएको छ ।

लागूऔषध सेवन गरेर सवारीसाधन चलाइरहेकाे अवस्थामा नियन्त्रणमा लिइएका चालकहरूलाई कानुन बमोजिम कारवाही गरिने इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।